काठमाडौं: नेपाली कांग्रेसका सचेतक निश्कल राईले आर्थिक विधेयकमा करका दर हेरफेर गरिएको विषयमा छानबिनको माग गरेका छन्।

बिहीबार प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा बोल्दै उनले संसदमा पेश भइसकेको विधेयकमा करका दर परिवर्तन हुनु गम्भीर विषय भएको बताए।

राईले यस्तो परिवर्तन सामान्य प्रशासनिक त्रुटि नभई स्वार्थसँग जोडिएको हुन सक्ने आशंका व्यक्त गर्दै सरकारले यसको स्पष्ट जवाफ दिनुपर्ने बताए।

उनले संसदको प्रक्रियालाई मिचेर गरिएको कुनै पनि परिवर्तन स्वीकार्य नहुने उल्लेख गर्दै निष्पक्ष छानबिन आवश्यक रहेको बताए।

प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल जारी छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय