स्वर्णिम वाग्लेको चुनौती: ‘२ रुपैयाँ बेइमानी गरेको प्रमाण दिए सार्वजनिक जीवन नै त्याग्छु’
काठमाडौं: अर्थमन्त्री स्वर्णिम वाग्लेले विद्युतीय गाडीसम्बन्धी सूचना चुहावट गरेको भन्ने आरोप पुष्टि गर्न चुनौती दिनुभएको छ।

बिहीबार संसदको सार्वजनिक लेखा समितिमा आयोजित छलफलमा बोल्दै उहाँले आफूविरुद्ध लगाइएका आरोप निराधार रहेको बताउनुभयो।
आफ्नो नैतिक छवि बिगार्ने उद्देश्यले नियोजित रूपमा बदनाम गर्ने प्रयास भइरहेको दाबी गर्दै उहाँले आरोप प्रमाणित गर्न चुनौती दिनुभयो।
“दुई अर्ब होइन, दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस्, म अर्थमन्त्री पद मात्र होइन राजनीति र सार्वजनिक जीवन नै त्यागिदिन्छु,” मन्त्री वाग्लेले भन्नुभयो।
उहाँले सार्वजनिक जीवनमा नैतिकताको महत्व उल्लेख गर्दै आफूले सधैं उच्च नैतिक मापदण्ड पालना गरेको पनि बताउनुभयो।



