काठमाडौं: उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले नेपालका वाणिज्य बैंक तथा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूसँग उत्पादनमूलक क्षेत्रमा लगानी र कर्जा प्रवाह विस्तार गर्ने विषयमा छलफल गरेका छन्।

उच्चस्तरीय छलफलमा औद्योगिकीकरणमार्फत रोजगारी सिर्जना गर्ने तथा आर्थिक वृद्धिलाई गति दिने विषयमा विचार-विमर्श भएको मन्त्रालयले जनाएको छ।

मन्त्रीले उत्पादनमूलक क्षेत्रतर्फ बैंकहरूको लगानी बढाउन आग्रह गर्दै उद्योग तथा व्यवसाय विस्तारमा सहकार्य आवश्यक रहेको बताएका छन्।

छलफलमा बैंकिङ क्षेत्रका प्रतिनिधिहरूले पनि उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाह बढाउने तथा निजी क्षेत्रको विकासमा सहयोग गर्ने विषयमा आफ्ना धारणा राखेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय