काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपा सांसद समीक्षा बास्कोटाले संसदमा प्रयोग गरिएका केही शब्द आपत्तिजनक रहेको भन्दै रेकर्डबाट हटाउन माग गरिन्।

उनले संसद नागरिकको आवाज उठाउने थलो भएको बताउँदै आफ्नो पार्टी जिम्मेवार र संयमित रहेको उल्लेख गरिन्।
साथै, ‘सदनको चीरहरण’ र ‘मुर्दा शान्ति’ जस्ता शब्द प्रयोग गर्नु उचित नभएको उनको भनाइ थियो।
बास्कोटाले ती अभिव्यक्तिहरू संसदको रेकर्डबाट हटाउन सभामुखसँग माग गरेकी छन्।
उनको आपत्तिपछि सभामुखले विषयमा आफ्नो ध्यानाकर्षण भएको बताएका छन्।



