काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले आफूलाई ज्यान मार्ने धम्की आएको बताएकी छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद ओलीले आफूले ज्यानको धम्की पाएको विषय उठाएकी हुन्।

उनको भनाइपछि नवनियुक्त गृहमन्त्री सुधन गुरुङले घटनाबारे आवश्यक अनुसन्धान गरी कानुनी कारबाही प्रक्रिया अघि बढाइने आश्वासन दिएका छन्।
बैठककै क्रममा गृहमन्त्री गुरुङले सांसद ओलीलाई भेट्दै उजुरीसहित प्रक्रियामा जान आग्रह गरेका थिए।
उनले कानुनअनुसार आवश्यक छानबिन र कारबाही गरिने बताएका छन्।
धम्की दिने व्यक्ति र घटनाको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।



