काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनालले सीमा विवादबारे प्रधानमन्त्री बालेन शाहले संसदमा दिएको अभिव्यक्तिको बचाउ गरेका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै मन्त्री खनालले प्रधानमन्त्रीको भनाइ सीमा क्षेत्रमा देखिएको ‘क्रस बोर्डर अकुपेसन’ सम्बन्धी रहेको स्पष्ट पारे।

प्रधानमन्त्री बालेन शाहले जेठ १७ गते प्रतिनिधिसभामा बोल्दै भारतले मात्र नभई नेपालले पनि केही स्थानमा भारतको भूमि मिचेको जानकारी आफूले प्रधानमन्त्री भएपछि पाएको बताएका थिए।

उक्त अभिव्यक्तिपछि संसदमा विपक्षी दलहरूले प्रश्न उठाउँदै आएका थिए।

परराष्ट्रमन्त्री खनालले नेपाली भूमि लिपुलेक हुँदै भारतले मानसरोवर यात्रा सञ्चालन गरेको विषयमा नेपाल सरकारले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरिसकेको बताए।

उनले यस विषयमा नेपालले भारतलाई कूटनीतिक नोट पठाएको र भारतले त्यसको जवाफ समेत दिइसकेको जानकारी दिए।

उनका अनुसार नक्सांकन हुन बाँकी रहेका क्षेत्रबाहेक सीमामा दशगजा अतिक्रमणको समस्या रहेको छ। सीमा सम्बन्धी विवादहरू कूटनीतिक वार्तामार्फत समाधान गर्न सरकार प्रतिबद्ध रहेको पनि उनले बताए।

मन्त्री खनालले नेपाल–भारत सीमा समस्यामा तेस्रो मुलुकको संलग्नता नखोजिएको स्पष्ट पार्दै प्रमाण संकलनका क्रममा अन्य देशसँग संवाद भएको विषयलाई प्रधानमन्त्रीले उल्लेख गरेको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय