काठमाडौँ: नवनियुक्त गृहमन्त्री सुधन गुरूङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित एक विशेष समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष दुवै मन्त्रीले शपथ लिएका हुन् ।

प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् विस्तार गरेसँगै आजै दुवै मन्त्रीको शपथ ग्रहण गराइएको हो ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन शाह, प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा, सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालको उपस्थिति रहेको थियो ।

समारोहमा अन्य मन्त्रीगण, सांसदहरू तथा विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय