काठमाडौँ: राप्रपा सांसद खुश्बु ओलीले संसद् खुलाउन प्रधानमन्त्री बालेन्द्र शाहले माफी माग्नुपर्ने माग गरेकी छन्।

मंगलबारको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीको गलत भनाइका कारण संसद् बन्द भएको बताइन्।

ओलीले संसद् खुलाउन दुईवटा बाटो देखाइन्— कि त सत्तापक्षले ‘नेपालले भारतको सीमा मिचेको हो’ भनेर स्वीकार गर्नुपर्छ, नत्र प्रधानमन्त्रीले संसद्‍मा माफी माग्नुपर्छ।

उनले बीवाइडी गाडीको कर छली काण्डमा छानबिन नसकिएसम्म अर्थमन्त्रीले पद छोड्नुपर्ने माग पनि गरिन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय