काठमाडौँ: म्याग्दीबाट निर्वाचित स्वतन्त्र सांसद महावीर पुन पुनः मन्त्री बन्ने भएका छन्।

उनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीको रूपमा शपथ गराउन प्रधानमन्त्री कार्यालयबाट पत्र प्राप्त भएको राष्ट्रपति कार्यालयले जनाएको छ।

यसअघि अन्तरिम मन्त्रिपरिषद्‍मा शिक्षामन्त्री रहेका पुनले आफ्ना एजेन्डाहरू सम्बोधन नभएको भन्दै बीचमै पद छाडेर चुनाव लडेका थिए।

नवनियुक्त मन्त्री पुनको शपथग्रहण आजै अपराह्न साढे ४ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा हुने तय भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय