काठमाडौँ: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न चारवटा महत्वपूर्ण निर्णयहरू गरेको छ, जसको जानकारी सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले दिएकी छन्।

बैठकले तल्लो अरुण, लोवर न्यादी खोला, घुन्सा खोला र तादी खोला जलविद्युत आयोजनाहरूलाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको छ।

यसैगरी, निजामती सेवा (सोह्रौं संशोधन) नियमावली, २०८३ लाई स्वीकृत गर्नुका साथै दोलखाका विशालकुमार भण्डारीको अध्यक्षतामा नेपाल रेडक्रस सोसाइटीको नौ सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय पनि भएको छ।

बैठकले पूर्वगृहमन्त्री एवं प्रतिनिधि सभा सदस्य सुधन गुरुङको सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित समितिले बुझाएको प्रतिवेदनलाई समेत ग्रहण गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय