काठमाडौँ: बालेन्द्र शाह नेतृत्वको सरकारमा सुधन गुरुङ पुनः गृहमन्त्री बन्ने भएका छन्। केही समयअघि सम्पत्ति विवादमा परेपछि उनले छानबिनलाई सहज बनाउन नैतिकताको आधारमा पदबाट राजीनामा दिएका थिए।
सरकारले गठन गरेको छानबिन समितिले उनलाई पूर्ण रूपमा ‘क्लीन चिट’ (निर्दोष साबित) गरेपछि उनी फेरि गृह मन्त्रालयमा फर्किन लागेका हुन्।

आरोप लाग्दा पद छोड्नु र निर्दोष प्रमाणित भएर सानका साथ फर्किनुलाई राजनीतिमा एउटा राम्रो संस्कार मानिएको छ।
आजै दिउँसो ३ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा उनको शपथग्रहण हुने गरी प्रधानमन्त्री कार्यालयले सम्पूर्ण तयारी पूरा गरिसकेको छ।



