काठमाडौँ: शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले एक विशेष समारोहका बीच यस वर्षको ‘डा. डिल्लीरमण रेग्मी शान्ति पुरस्कार’ प्रदान गर्नुभएको छ ।
डिल्लीरमण–कल्याणी रेग्मी स्मारक पुस्तकालय विकास समितिद्वारा स्थापित १ लाख रुपैयाँ राशिको राष्ट्रिय शान्ति पुरस्कार २०८२ वरिष्ठ चिकित्सक डा. गौरीशंकर लाल दास र वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. रामप्रसाद पोखरेललाई संयुक्त रूपमा प्रदान गरिएको छ ।

त्यस्तै, नेपालको शिक्षा, स्वास्थ्य र सुशासनमा दीर्घकालीन सहयोग पुर्याएबापत संस्थागततर्फको अन्तर्राष्ट्रिय शान्ति पुरस्कार २०२६ कोरियाली नियोग (कोइका) लाई हस्तान्तरण गरियो ।
प्रा. डा. बिणा पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा समाजसेवामा योगदान पुर्याउने अन्य तीन प्राध्यापकहरूलाई ‘मायाको चिनो’ समेत प्रदान गरिएको थियो ।




