काठमाडौँ: ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच ग्राहकहरूलाई शून्य प्रतिशत ब्याजदरमा तत्काल किस्ताबन्दी (EMI) र विशेष क्रेडिट कार्ड सुविधा प्रदान गर्ने सम्झौता भएको छ।

यस सहकार्यअन्तर्गत बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताले भाटभटेनीबाट न्यूनतम १५ हजार रुपैयाँ वा सोभन्दा बढीको सामान खरिद गर्दा कुनै पनि ब्याज र प्रोसेसिङ शुल्क नलाग्ने गरी ३ देखि १८ महिनासम्मको अवधि रोजेर ईएमआई सुविधा लिन सक्नेछन्।

साथै, भाटभटेनीमा नियमित किनमेल गर्ने ग्राहकहरूको कारोबार इतिहासका आधारमा १ लाख ५० हजारदेखि ३ लाख रुपैयाँसम्मको क्रेडिट सीमा भएको विशेष ‘ग्लोबल बिबिएसएम क्लब कार्ड’ (क्रेडिट कार्ड) समेत जारी गरिनेछ, जसले ग्राहकलाई थप सहज भुक्तानी, आकर्षक छुट र क्यासब्याक अफरहरूको लाभ दिनेछ।

देशकै ठूलो नेटवर्क भएको वाणिज्य बैंक र अग्रणी सुपरमार्केटको यो डिजिटल भुक्तानी प्रवर्द्धन गर्ने उद्देश्यसहितको योजनामा आईएमएस सफ्टवेयर प्रा.लि.ले प्राविधिक साझेदारी गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय