काठमाडौं: पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सुधन गुरुङले आफ्नो सम्पत्ति छानबिनपछि सफाइ पाएर फेरि गृह मन्त्रालयको जिम्मेवारी पाउनेमा आफू आशावादी रहेको बताएका छन्।

आइतबार रास्वपा गोरखाको अधिवेशन समारोहलाई सम्बोधन गर्दै उनले फेरि गृहमन्त्री बनेमा दुई महिनाभित्र धेरै कामको सुरुवात गरेर देखाउने दाबी गरे।

पार्टीका कार्यकर्ता र मतदाताहरूलाई सम्बोधन गर्दै नेता गुरुङले भने, “मलाई फेरि त्यो जिम्मेवारीमा इच्छाउनुहुन्छ र काबिल देख्नुहुन्छ भने म पदमा गइहालेँ भने पनि मलाई अलिकति समय दिनुस्।

दुई महिनाजति समय दिनुस्, त्यतिखेर फोटो खिच्ने, माला-खादा लगाउने र बधाई दिने कार्यहरू नगरौँ। मन्त्रालय धाउने काम पनि नगरौँ।”

उनले आफू फेरि गृह मन्त्रालयमा पुगे दुई महिनाको अवधिमा सबै कुराहरू व्यवस्थित (स्टाब्लिस) गरिदिने प्रतिवद्धता जनाए।

“त्यसपछि पनि काम भएन भने ‘बाबु तिम्ले बोलेको कुरा भएन है’ भन्नुहोला,” उनले थपे। आफूले आफ्नो धरातल कहिल्यै नबिर्सिएको उल्लेख गर्दै उनले मतदाताको मतको सधैँ सम्मान गरिरहने स्पष्ट पारे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय