काठमाडौँ: सिंगापुरमा आगामी मे ३१ देखि जुन ९ सम्म आयोजना हुने एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान) ले दीपेन्द्र सिंह ऐरीको कप्तानीमा १४ सदस्यीय पुरुष टोलीको घोषणा गरेको छ ।

यसअघि यूएईसँगको शृङ्खलामा टोली बाहिर रहेका रोहित पौडेल, सोमपाल कामी र करण केसी यसपटक टोलीमा फर्किएका छन् भने टोलीका अन्य सदस्यहरूमा कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, कुशल मल्ल, लोकेश बम, सन्दीप लामिछाने, शेर मल्ल, नन्दन यादव, आरिफ शेख र साहव आलम रहेका छन् ।

कुल १३ राष्ट्रले प्रतिस्पर्धा गर्ने यस टी-२० अन्तर्राष्ट्रिय छनोट प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ, जहाँ नेपालले थाइल्यान्ड र इन्डोनेसियाको सामना गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय