काठमाडौँ: प्रतिनिधि सभाको जारी बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीले ‘प्रतिनिधि सभा निर्वाचनसम्बन्धी अध्यादेश’ पेस गर्न खोजेपछि प्रमुख विपक्षी दलहरूले उठेर कडा विरोध जनाएका छन्।
गृह, रक्षा र विज्ञान प्रविधि मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शाहको तर्फबाट अध्यादेश ल्याउन लागिएपछि नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र श्रम संस्कृति पार्टीका सांसदहरूले एकसाथ सिटबाट उठेर विरोध गरेका हुन्।

विपक्षीको अवरोधबीच सभामुख डोलप्रसाद अर्याल र आन्दोलित सांसदहरूबीच भनाभन र बहस भएको थियो। स्थिति नियन्त्रणमा लिन सभामुख अर्यालले नेकपा एमालेका सांसद ऐन महरलाई बोल्नका लागि एक मिनेटको समय दिए पनि महरले सो समय पर्याप्त नभएको भन्दै बोल्न अस्वीकार गरेपछि संसदमा विवाद झनै चर्किएको छ।




