काठमाडौं: आईसीसी विश्वकप लिग–२ अन्तर्गत कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी रोमाञ्चक भिडन्तमा स्कटल्याण्डले नेपालसामु १९५ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ।

टस जितेर पहिले ब्याटिङ रोजेको स्कटल्याण्ड नेपाली बलरहरूको कसिलो बलिङसामु टिक्न नसकी ३९.१ ओभरमा १९४ रनमै अलआउट भयो; उसका लागि ब्रेन्डन म्याकमुलेनले सर्वाधिक ७७ रन र माइकल लिस्कले अर्धशतकीय पारी खेले पनि अन्य ब्याट्सम्यान सस्तैमा समेटिए।

नेपालका लागि धारिलो बलिङ गर्दै ललित राजवंशीले महत्वपूर्ण ४ विकेट र सन्दीप लामिछानेले ३ विकेट लिए भने नन्दन यादव, दीपेन्द्र सिंह ऐरी र सोमपाल कामीको नाममा १–१ विकेट रह्यो।

यही ऐतिहासिक खेलमा जादुई स्पिनर सन्दीप लामिछानेले मात्र ७३ एकदिवसीय (ODI) खेलमा १५० विकेट पूरा गर्दै अष्ट्रेलियाका मिचेल स्टार्कको ७७ खेलको कीर्तिमान तोडेर विश्वकै सबैभन्दा छिटो १५० विकेट लिने दुर्लभ विश्व कीर्तिमान आफ्नो नाममा लेखाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय