काठमाडौं: आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदान मा हुने खेल बिहान ९ः३० बजे सुरु हुनेछ । जारी त्रिकोणात्मक शृङ्खलामा नेपाल, अमेरिका र स्कटल्याण्ड सहभागी छन् भने हालसम्म भएका दुवै खेलमा स्कटल्याण्ड विजयी बनेको छ । स्कटल्याण्डले पहिलो खेलमा नेपाललाई डकवर्थ–लुइस नियमका आधारमा दुई रनले हराएको थियो भने अमेरिकामाथि पनि समान दुई रनकै रोमाञ्चक जित निकालेको थियो ।
लिग–२ को अङ्क तालिकामा नेपाल अहिले २५ खेलबाट १८ अङ्कसहित आठौँ स्थानमा रहेको छ । नेपालले आठ खेल जित्दा १५ मा हार बेहोरेको छ भने दुई खेल नतिजाविहीन भएका छन् । अमेरिका भने २५ खेलबाट ३६ अङ्क जोड्दै दोस्रो स्थानमा छ । शीर्ष स्थानमा रहेको स्कटल्याण्डको ३० खेलबाट ३८ अङ्क रहेको छ ।
विश्वकप ग्लोबल क्वालिफायरमा स्थान बनाउन नेपालले बाँकी ११ खेल जित्नुपर्ने दबाबमा छ भने एकदिवसीय मान्यता जोगाउन शीर्ष ६ भित्र रहन आवश्यक भएकाले आजको खेल नेपालका लागि निकै महत्वपूर्ण मानिएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2026, All right reserved to About Nepal
Maintained By Sathi Solutions





