काठमाडौँ: सभामुख डोल प्रसाद अर्यालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई पदबाट हटाएका छन्।
कार्यक्षमताको अभाव र पदीय जिम्मेवारीमा जवाफदेही नभएको भन्दै उनलाई २०८३ वैशाख २९ गतेदेखि लागू हुने गरी पदमुक्त गरिएको हो।

२०८१ पुसमा नियुक्त भएका राईलाई स्पष्टीकरण सोधिए पनि चित्तबुझ्दो जवाफ नआएपछि संघीय संसद्को ऐनबमोजिम कार्यकाल पूरा नहुँदै बिदाइ गरिएको छ।




