काठमाडौं: नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले संसदमा सरकारको ‘सुशासन’ माथि गम्भीर प्रश्न उठाएका छन्।
अरूलाई भ्रष्टाचारको मुद्दामा एकोहोरो खेद्ने सरकारले आफ्नै तत्कालीन गृहमन्त्री सुधन गुरूङमाथि लागेको गम्भीर आरोपमा छानबिन गर्न किन डराएको भन्दै उनले कडा आलोचना गरे।

नयाँ आयोगको चर्चा गरिरहँदा २०४७ देखिकै सम्पत्ति छानबिन गर्ने ‘लम्साल आयोग’ को प्रतिवेदन दराजमा थन्क्याएर सरकारले जनता झुक्याइरहेको आङ्देम्बेको आरोप छ।
उनले चेतावनी दिँदै भने— “प्रतिवेदन थन्क्याएर नयाँ आयोगको डङ्का पिट्नुको कुनै अर्थ छैन, दोषी जो सुकै होस्, सरकारले छानबिन गर्ने आँट देखाउनुपर्छ।”




