काठमाडौँ: आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालविरुद्धको खेलमा स्कटल्यान्डले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। नेपालले भने अघिल्लो खेलकै अन्तिम–११ लाई निरन्तरता दिएको छ।

कप्तान रोहित कुमार पौडेलको नेतृत्वमा मैदान उत्रिएको नेपाली टोलीमा अर्जुन कुमाल, विनोद भण्डारी, आसिफ शेख, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, गुल्शन झा, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने र ललित राजवंशी रहेका छन्।

यस्तै, कुशल भुर्तेल, भीम सार्की, सोमपाल कामी र इशान पाण्डे बेन्चमा रहेका छन्। नेपाल लगातार दोस्रो जितको लक्ष्यसहित मैदान उत्रिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय