काठमाडौं: काठमाडौंको बागमती र यसका सहायक नदी किनारमा जोखिमपूर्ण अवस्थामा बसोबास गर्दै आएका नागरिकहरू अहिले सुरक्षित र व्यवस्थित जीवनको खोजीमा सरकारको पहलमा स्वेच्छिक रूपमा सहभागी हुन थालेका छन्।

बल्खु र वंशीघाट क्षेत्रका घरजग्गाविहीन तथा न्यून आय भएका बासिन्दाहरू दशरथ रंगशालामा पुगेर आफ्नो विवरण दर्ता गराइरहेका छन्, जहाँ शहरी विकास तथा भवन निर्माण विभाग, काठमाडौं उपत्यका विकास प्राधिकरण, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र काठमाडौं महानगर प्रहरीको संयुक्त टोलीले समन्वय गर्दै तथ्याङ्क संकलन गरिरहेको छ।

यसक्रममा नागरिकहरूको स्वास्थ्य जाँच र मनोपरामर्शसमेत प्रदान गरिँदैछ, जसले उनीहरूमा रहेको त्रास कम गरी आत्मविश्वास बढाउन सहयोग पुर्‍याएको छ।

साथै, सम्मानजनक व्यवहारका साथ खाजा खुवाएर उनीहरूलाई अस्थायी रूपमा ललितपुरको धापाखेल, भक्तपुरको खरिपाटी, बोडे, नगरकोट तथा काभ्रेको बनेपास्थित विभिन्न ‘होल्डिङ सेन्टर’मा व्यवस्थापन गर्ने तयारी गरिएको छ, जसले जोखिमपूर्ण बसोबासबाट सुरक्षित जीवनतर्फको महत्वपूर्ण कदमलाई संकेत गर्दछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय