काठमाडौं: काठमाडौंमा जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले आज आफ्नो दोस्रो खेलमा ओमानसँग प्रतिस्पर्धा गर्दैछ। त्रिवि क्रिकेट मैदानमा बिहान ९:३० बजे सुरु हुने खेलमा नेपाल लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ। पहिलो खेलमा यूएईलाई हराएको नेपाल उत्साहित देखिएको छ भने ओमान पहिलो खेलमा पराजित भएपछि पुनरागमनको दबाबमा छ।
अंकतालिकातर्फ नेपाल २१ खेलबाट १४ अंकसहित सातौं स्थानमा रहँदा ओमान २५ खेलमा २९ अंकसहित तेस्रो स्थानमा मजबुत अवस्थामा छ। यूएई भने २२ खेलबाट १२ अंक जोड्दै आठौं स्थानमा छ। आजको खेल दुवै टोलीका लागि महत्वपूर्ण मानिएको छ।





