काठमाडौं: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रतिनिधि सभामा उपसभामुखका उम्मेदवारबारे बोल्दै आफ्नो पार्टीले जेनजी आन्दोलनसँग सम्बन्धित व्यक्तिलाई उम्मेदवार बनाएको बताएका छन्।

उनका अनुसार अहिलेको राजनीतिक अवस्था जेनजी आन्दोलनकै कारण बनेको भएकाले सोही समूहबाट उम्मेदवार अघि सारिएको हो।

उनले सांसदहरूलाई जनताबाट निर्वाचित प्रतिनिधिहरूलाई होच्याउने किसिमका अभिव्यक्ति नदिन पनि आग्रह गरे।

कसैले कसैलाई असम्मानजनक शब्द प्रयोग गरेको उल्लेख गर्दै उनले त्यस्ता अभिव्यक्ति फिर्ता लिन माग गरे।

राईले ज्येष्ठ नागरिकको अपमान गर्ने व्यवहार पनि अनुचित भएको बताउँदै सबैले मर्यादित भाषा प्रयोग गर्नुपर्नेमा जोड दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय