काठमाडौँ । नेपालको प्रतिष्ठित व्यापारिक घराना चौधरी ग्रुपले ऐतिहासिक जिल्ला गोर्खालाई विश्वस्तरीय लक्जरी पर्यटन गन्तव्य बनाउने तयारी थालेको छ।

ग्रुप अन्तर्गतको सीजी हस्पिटालिटीले बिहीबार गोर्खामा लक्जरी हेरिटेज समिट होटल को औपचारिक शिलान्यास गरेको हो।

ऐतिहासिक गोर्खा दरबार नजिकै करिब ३० रोपनी क्षेत्रफलमा फैलने यो रिसोर्ट आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

आधुनिक सुविधासँगै नेपाली मौलिकतालाई समेटेर निर्माण हुने यस होटलमा ३० वटा लक्जरी कोठाहरू रहनेछन्।

सीजी हस्पिटालिटीका अनुसार यहाँको सुरुवाती रुम रेट करिब ५०० अमेरिकी डलर (करिब ६७ हजार रुपैयाँ) आसपास रहनेछ।

परियोजनाको शिलान्यास गर्दै सीजी हस्पिटालिटी ग्लोबलका प्रबन्ध निर्देशक राहुल चौधरीले नेपालको ऐतिहासिक र सांस्कृतिक गरिमालाई विश्वस्तरीय पर्यटनसँग जोड्नु आफूहरूको मुख्य उद्देश्य रहेको बताए।

उनले भने, “गोर्खा नेपालको इतिहास बोकेको क्षेत्र हो। समिट होटलको विरासत र नेपालको मौलिकतालाई विश्वसामु चिनाउन यो अर्को महत्त्वपूर्ण कदम हुनेछ।”

यो होटल सञ्चालनमा आएपछि स्थानीय स्तरमा रोजगारी सिर्जना हुनुका साथै गोर्खाको अर्थतन्त्रमा समेत ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ।

दिनअघि मात्रै काठमाडौँको ठमेलमा विश्वप्रसिद्ध ‘द रिट्ज-कार्लटन’ होटलको शिलान्यास गरेको चौधरी ग्रुपले पर्यटन क्षेत्रमा आफ्नो लगानीलाई तीव्र गतिमा विस्तार गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय