काठमाडौं:गृहमन्त्री सुधन गुरुङले नागरिकका गुनासा प्रत्यक्ष रूपमा बुझ्ने उद्देश्यले मन्त्रालयमै खुला रूपमा भेटघाट कार्यक्रम सञ्चालन गरेका छन्। यस क्रममा देशका विभिन्न ग्रामीण क्षेत्रबाट आएका सर्वसाधारणले आफ्ना समस्या र पीडा मन्त्रीसमक्ष राख्ने अवसर पाएका थिए।





