काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो तर्फबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य (सांसद) हरूका लागि अभिमुखीकरण प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ।
पार्टीले जारी गरेको सूचनाअनुसार नवनिर्वाचित सांसदहरूलाई आगामी २०८२ साल चैत्र ३ र ४ गते काठमाडौँमा अभिमुखीकरण प्रशिक्षण सञ्चालन गरिनेछ। प्रशिक्षण कार्यक्रम बिहान १० बजेदेखि सुरु हुने जनाइएको छ।

सूचनामा सबै नवनिर्वाचित सांसदहरूलाई चैत्र ३ गते बिहान ९ बजेभित्र काठमाडौँ उपत्यकाको तोकिएको स्थानमा उपस्थित हुनेगरी तयारी अवस्थामा रहन अनुरोध गरिएको छ।
पार्टीका अनुसार अभिमुखीकरण कार्यक्रममा सांसदहरूको भूमिका, संसद् सञ्चालन प्रक्रिया, कानुन निर्माण, संसदीय अभ्यास तथा जनप्रतिनिधिको जिम्मेवारीबारे जानकारी प्रदान गरिनेछ।
नवनिर्वाचित सांसदहरूलाई संसदीय कार्यमा प्रभावकारी रूपमा सहभागी गराउने उद्देश्यले उक्त अभिमुखीकरण कार्यक्रम आयोजना गर्न लागिएको पार्टीले जनाएको छ।



