काठमाडौँ:  सुर्खेतको विरेन्द्रनगर–४ सहितदपार्क नजिकै फागुन २३ गते बलात्कारपछि हत्या भएकी १६ वर्षीय बालिका ईनिशा वि.क.को घटनापछि पीडित परिवारले दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेका छन्।

पीडित परिवारका सदस्य चन्द्र बहादुर बि.क. र तपेन्द्र वि.क.ले सोमबार गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेर घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कारबाही गर्न आग्रह गरेका हुन्।

साथै, पीडित परिवारले यस्ता महिला र बालबालिकामाथि हुने यौन हिंसा तथा जघन्य अपराध दोहोरिन नदिन, न्याय सुनिश्चित गर्न र सुरक्षित समाज निर्माणका लागि सम्बन्धित निकाय, नागरिक समाज, पत्रकार र सम्पूर्ण सरोकारवालालाई गम्भीरतापूर्वक ध्यान दिन पनि माग गरेका छन्।

मन्त्री अर्यालले ज्ञापन–पत्र ग्रहण गर्दै घटनाको छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याइने बताउनुभयो। उहाँले मुलुकमा दण्डहीनता अन्त्य गर्नुपर्ने र कुनै पनि आपराधिक गतिविधि नियन्त्रण गरी शान्ति सुव्यवस्था कायम गर्न सरकार जिम्मेवार रहेको स्पष्ट पार्नुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय