काठमाडौँ । चन्द्रागिरिस्थित भालेश्वर महादेव मन्दिरमा महाशिवरात्रिको अवसर पारेर विशेष धार्मिक कार्यक्रम आयोजना गर्न व्यापक तयारी गरिएको छ। मन्दिर परिसरमा साजसज्जा, व्यवस्थापन र श्रद्धालुका लागि आवश्यक पूर्वाधार मिलाउने काम तीव्र गतिमा अघि बढाइएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ।

यस वर्ष पोखराबाट आउने युवा भजन समूहको सहभागितामा महाशिवरात्रि विशेष भजन–कीर्तन उत्सव आयोजना गरिने भएको छ। भोलि महाशिवरात्रिका दिन रुद्राभिषेक, पाञ्चायन पूजा, मध्याह्न आरती, भजन–कीर्तन उत्सव तथा महा आरती लगायतका कार्यक्रम सञ्चालन गरिने कार्यक्रम तालिका सार्वजनिक गरिएको छ।

उक्त अवसरमा भक्तजनहरूले प्रसाद ग्रहण गर्नुका साथै भगवान् भालेश्वर महादेवको दर्शन तथा आशीर्वाद लिन सक्ने व्यवस्था मिलाइएको जनाइएको छ। आयोजकले महाशिवरात्रिको पावन अवसरमा श्रद्धालुहरूलाई सहभागी हुन आग्रह गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय