सर्लाही: नेपाली कांग्रेसका सभापति गगन थापाले नयाँ पार्टी र नयाँ नेतृत्व खोज्ने मतदाताका लागि नेपाली कांग्रेस नै उपयुक्त विकल्प भएको बताएका छन्। सर्लाहीको धनकौलमा आयोजित कार्यक्रममा बोल्दै उनले कांग्रेसले विरासतसँगै नयाँ नीति र नेतृत्व अघि सारेको दाबी गरे।

उनले देश अब युवाको काँधमा रहेको उल्लेख गर्दै सक्रिय राजनीतिक सहभागिताका लागि आह्वान गरे। कार्यक्रममा उल्लेख्य रूपमा युवाको उपस्थिति देखिएको भन्दै उनले जेन–जी पुस्ताको सोच र क्षमताको प्रशंसा गरे।

थापाले मधेस क्षेत्रका जिल्लामा शिक्षा, स्वास्थ्य र सिँचाइँ प्रमुख समस्या रहेको औंल्याउँदै ती विषयलाई प्राथमिकतामा राख्ने बताए। सर्लाहीका मागहरू पार्टीको संकल्पपत्रमा समेट्ने तयारी भइरहेको जानकारी दिँदै उनले त्यसका लागि काठमाडौं फर्केर पहल गर्ने बताए।

कांग्रेससँग देश चलाउने अनुभव र उत्साह दुवै रहेको उल्लेख गर्दै उनले ‘प्रोजेक्ट गभर्मेन्ट’ तयार भइसकेको बताए। प्रधानमन्त्री बनेपछि पाँच वर्षमा गरिने कामको विस्तृत अध्ययन सम्पन्न भएको दाबी गर्दै उनले कार्यान्वयनका लागि जनमत आवश्यक रहेको उल्लेख गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय