काठमाडौँ: गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि श्रीलंकाली राजदूत रुवान्थी डेल्पिटियाले सोमबार गृह मन्त्रालयमा शिष्टाचार भेट गर्नु भएको छ।
उक्त अवसरमा गृहमन्त्री अर्यालले नेपाल–श्रीलंकाबिच मित्रवत् सम्बन्धको चर्चा गर्दै श्रीलंका सरकारले नेपाललाई विभिन्न क्षेत्रमा पुर्याएको सहयोगका लागि धन्यवाद दिनु भयो। श्रीलंका सरकारले नेपालको गौतम बुद्धको जन्मस्थलस्थल लुम्बिनीको विकासमा योगदानका दिएको छ।

साथै आगामी दिनमा नेपाल– श्रीलंकाबिचको दुई पक्षीय सम्बन्धलाई थप मजबुत बनाउँदै जानुपर्नेमा मन्त्री अर्यालले जोडदिनु भयो।
यस्तै राजूदत डेल्पिटियाले पनि नेपाल–श्रीलंकाबिचको आफ्नो कार्यकालमा सम्बन्ध थप प्रगाढ भएर जाने विश्वास व्यक्त गर्नु भयो । भेटमा राजूदत डेल्पिटियाले नेपालमा आसन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनबारे पनि चासो व्यक्त गर्नु भयो।



