काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फको उम्मेदवार सूची सार्वजनिक गरेको छ। सूचीअनुसार कुल ११० उम्मेदवारमध्ये महिला ६० र पुरुष ५० जना रहेका छन्।
पहिचानको आधारमा जनजाति ३२, खस आर्य ३३, थारु ७, दलित १५, मधेसी १८ र मुस्लिम ५ जना उम्मेदवार सूचिमा परेका छन्। जिल्लागत रूपमा चितवनबाट सबैभन्दा बढी २१ जना र मोरङबाट १५ जना समेटिएका छन्। ३३ जिल्लाबाट उम्मेदवार समेटिँदा ४४ जिल्लाका नाम भने समानुपातिक सूचीमा नदेखिएको भन्दै राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ।




