काठमाडौँ: राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच एकता गर्ने सहमति भएको छ। एकता सम्झौतामा दुवै पार्टीका अध्यक्ष लिङ्देन र थापाले हस्ताक्षर गरेका छन्।

सहमतिको खाकाअनुसार एकतापछि पार्टीको अध्यक्ष लिङ्देन रहनेछन् भने थापालाई पूर्वअध्यक्षको हैसियत दिइने छ। सम्झौतापछि दुवै नेताबीच आत्मीयता देखिएको थियो।

एकताको औपचारिक घोषणा पुस १६ गते राष्ट्रियसभा गृहमा गरिने तय भएको छ।

यसअघि २०७८ माघ २५ गते कमल थापाले राप्रपाबाट अलग भएको घोषणा गरेका थिए। मंसिरमा भएको महाधिवेशनमा अध्यक्ष पदमा लिङ्देनसँग पराजित भएका थापाले निर्मल निवासको हस्तक्षेपका कारण आफू हार्नुपरेको दाबी गर्दै छानबिनको माग राखेका थिए। सो मागमा सहमति नजुटेपछि उनले पार्टीबाट अलग्गिने निर्णय लिएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय