काठमाडौँ: ग्लोबल आइएमई बैंक लिमिटेडले फास्ट लोन अगेन्स्ट शेयर प्लेटफर्म सार्वजनिक गरेको छ । यसअन्तर्गत इच्छुक सेयर लगानीकर्ताहरुले अनलाइनबाट सेयर धितो कर्जाको लागि आवेदन दिन सक्नेछन् ।

बैंकले सार्वजनिक गरेको यस डिजिटल प्लेटफर्ममार्फत ग्राहकहरूले आफूसँग भएको सेयरहरू धितो राखी सरल प्रकृयाबाट सेयर धितो कर्जा प्राप्त गर्न सक्नेछन् ।

ग्राहकहरूले अनलाइनबाट यो प्लेटफर्म प्रयोग गरी कर्जाको आवेदन दिन र आवश्यक कागजातहरू बुझाउन सक्नेछन् । ग्राहकहरुले कर्जा स्विकृती अवधिसम्ममा १ पटक मात्र बैंकको शाखा कार्यालय उपस्थित भई आवश्यक कागजपत्रमा हस्ताक्षर गर्नुपर्ने छ ।

यस प्रकृयामा अनलाइन आवेदन पूरा गरेपछि आवेदकले निवेदनको अवस्थाको बारेमा आफैँले जानकारी लिन समेत सक्नेछन् ।

यो सेयर धितो कर्जाको सीमा हालका लागि न्यूनतम रु. ५ लाख देखि अधिकतम रु. ५० लाखसम्म तोकिएको छ ।

यो कर्जाको निमित्त धितोको रुपमा स्वीकार गरिने सेयरहरू निवेदक स्वयम्को हुनु पर्नेछ, निवेदक बाहेक अन्य व्यक्तिको सेयरहरू धितोको रुपमा स्वीकार गरिने छैन ।

ग्राहकहरुले यस सुविधा बैंकको ३१ वटा शाखा कार्यालयबाट सहज रुपमा पाउनेछन् । तसर्थ, कर्जा लिन इच्छुक ग्राहकहरुले अनलाइन आवेदन दिदा आफुलाई पायक पर्ने शाखा कार्यालय छनौट गर्न सक्नेछन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय