काठमाडौं । चौधरी फाउन्डेसनले नेपालको सामाजिक उद्यम प्रवर्द्धनका लागि महत्वपूर्ण कदम अघि बढाएको छ। चौधरी फाउन्डेसन र लायन्स क्लब इन्टरनेशनल फाउन्डेसनको संयुक्त पहल ‘नेपाल सोशल बिजनेस’ अन्तर्गत तीन सामाजिक उद्यमसँग लगानी सम्झौता गरिएको छ।

लगानी सम्झौता हुने उद्यमहरूमा नमुना एग्रो प्रोडक्ट्स, कोदाली भेन्चर्स र किनोभेसन रहेका छन्। यी उद्यमहरू कृषि, नवप्रवर्तन र स्थानीय स्रोत–साधनको अधिकतम उपयोगमार्फत रोजगारी सिर्जना, समुदाय सशक्तीकरण तथा दिगो आर्थिक विकासमा योगदान पुर्‍याउँदै आएका छन्।

यस पहललाई नेपालको सामाजिक उद्यमशीलता क्षेत्रका लागि एउटा महत्वपूर्ण माइलस्टोनका रूपमा हेरिएको छ, जसले आगामी दिनमा थप नवप्रवर्तनशील र सामाजिक उत्तरदायित्व बोकेका उद्यमहरूलाई अघि बढ्न प्रेरणा दिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय