बबिता मगर, काठमाडौं । मंगलबार वसन्तपुरमा आठौँ राष्ट्रिय झण्डा दिवस मनाइएको छ । एक कार्यक्रम आयोजना गरी राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले राष्ट्रिय झणडा दिवस मनाएको छ। नेपालको झण्डा २०१९ पुस १ गते संयुक्त राष्ट्र सङ्घमा दर्ता भएको थियो। विभिन्न किसिमले राष्ट्रिय झणडा दुरुपयोग हुनथालेपछि राष्ट्रिय दिवस मनाउँदै आएको राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष राजानन्द माण्डव्यले बताउनुभयो। तर दुर्भाग्यवश अहिलेसम्ममा पनि राष्ट्रिय दिवस मनाउन नेपाल सरकारले अनुमोदन गरिसकेको छैन, उनले भने। राज्य आफैँमा एक संस्था हो र राज्यको यस्ता कार्यमा सक्रिय सहभागिता हुनुपर्छ, राजानन्दले बताए। उनले हिसान र प्याब्सन जस्ता संस्थालाई विद्यार्थीका पाठ्यपुस्तकमा नेपालको झण्डाको महत्त्व झल्काइ तयार पार्न समेत आग्रह गरे।







