काठमाडौँ – अनिता मिलन इन्टरनेशनल एकेडमी स्कूल काठमाडौँमा शुक्रबार कक्षा ६ देखि ८ का विद्यार्थी, शिक्षक तथा प्रधानाध्यापकलाई श्रीमद् भगवत गीता पुस्तक वितरण गरिएको छ। कार्यक्रममा Gita4life द्वारा संचालित गीता ज्ञान पाठशाला सम्बन्धी पनि जानकारी प्रदान गरिएको थियो।


कार्यक्रमका क्रममा विद्यार्थीहरूले आफूले कण्ठ गरेका श्लोकहरूको वाचन गर्दै गीता अध्ययनप्रति उत्साह व्यक्त गरेका थिए।
सो अवसरमा सुदिप पौडेलले Gita4life अभियानको उद्देश्य र सञ्चालन हुँदै आएका गतिविधिहरू बारे विस्तृत जानकारी गराए। त्यस्तै अभिषेक जोशीले जीवनमा गीता शिक्षाको उपयोगिता र व्यवहारिक प्रभाव बारे चर्चा गरेका थिए।
कार्यक्रम गोकुल थापाको अध्यक्षतामा सम्पन्न भएको थियो। उनले गीता ज्ञानलाई जीवनमा आत्मसात् गर्न सकेमा मानव जीवनमा सकारात्मक परिवर्तन आउने उल्लेख गरे।
कार्यक्रममा गीता पुस्तक निशुल्क वितरण गरिएको थियो। साथै विद्यार्थीहरूलाई वर्षेनि न्ष्तबद्धषिभ द्वारा आयोजना गरिने वक्तृत्वकला प्रतियोगितामा सहभागी हुन आवश्यक तयारी तथा प्रक्रियाबारे जानकारी दिइएको थियो।



