क महरा ।  मंसिर १५ कन्चनपुर । गीता जयन्ती–२०८२ को अवसरमा कन्चनपुर महेन्द्रनगरस्थित ग्लोबल एकेडेमीमा भएको गीता जयन्ती विशेष कार्यक्रम तथा पुरुस्कार वितरण समारोह सोमबार उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ । विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय समुदायको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रमा जीवनका लागि गीता ज्ञान अभियान नेपालका परिकल्पनाकार डा. हरिचन्द्र कमलीेको प्रमुख अतिथ्यतामा समारोह सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि डा. हरिचन्द्र कमलीले विद्यार्थीको चरित्र निर्माणमा नैतिक मूल्यमा आधारित शिक्षाको महत्वबारे प्रकाश पार्दै गीता अध्ययनले जीवनमा उत्पन्न गर्ने सकारात्मक परिवर्तनबारे प्रेरणादायी मन्तव्य व्यक्तगर्नुभएको छ ।

जीवनका लागि गीता ज्ञान अभियान नेपालका राष्ट्रिय संयोजक तथा ग्लोबल एकेडेमीका प्राचार्य सुरेन्द्र ओझाले गीता ज्ञानको प्रचारप्रसारका लागि महत्त्वपूर्ण कार्य गर्दै आउनुभएको छ । प्राचार्य सुरेन्द्र ओझाको सक्रियतामा गीता अध्ययनलाई विद्यालय संस्कृतिको अभिन्न हिस्सा बनाउन, विद्यार्थीमा संस्कार, अनुशासन र कर्तव्यबोध जस्ता मूल्लयहरू विकास गर्न तथा समुदायमा आध्यात्मिक चेतना फैलाउन कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेकोे छ । शिक्षण–सिकाइलाई गीतामय मूल्यमा आधारित र व्यावहारिक बनाउने अभियानमा विद्यालयले निरन्तर विभिन्न कार्यक्रमहरु गदै आइरहेको प्राचार्य सुरेन्द्र ओझाले बताउनुभयो ।

उक्त कार्यक्रमममा १००८ गीता पुस्तक वितरण तथा जीवनका लागि गीता ज्ञान अभियान नेपालको आयोजना तथा शिक्षा विकास तथा समन्वय इकाई कञ्चनपुरको सहयोगमा सञ्चालित जिल्ला स्तरीय गीता ज्ञान परीक्षामा उत्कृष्ट विद्यार्थीलाई पुरुस्कार वितरण गरिएको थियो । शनिबारका दिन ग्लोबल एकेडेमीमा सम्पन्न उक्त परीक्षामा कञ्चनपुरका नौ वटै पालिकाबाट सामुदायिक, संस्थागत तथा गुरुकुल गरी ४२ विद्यालयका ५३२ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो । समारोहमा प्रथम स्थान प्राप्त विद्यार्थीलाई रु २० हजार, द्वितीयलाई रु १५ हजार, तृतीयलाई रु १० हजार, चतुर्थलाई रु ५ हजार तथा उत्कृष्ट १० भित्रका अन्य विद्यार्थीहरूलाई जनही रु १ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको जीवनका लागि गीता ज्ञान अभियान नेपालका राष्ट्रिय संयोजक तथा ग्लोबल एकेडेमीका प्राचार्य सुरेन्द्र ओझाले जानकारी दिनुभएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय