१५ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका बुवा रामनारायण शाहको निधन भएको छ । उनको सोमबार मध्यान्ह निधन भएको हो ।
रामनारायण शाह आइतबार बिहान नयाँ बानेश्वरस्थित सिभिल अस्पताल भर्ना भएका थिए । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । बालेनका बुवालाई भेट्न प्रधानमन्त्री सुशीला कार्की सोमबार बिहान अस्पताल पुगेकी थिइन् ।




