मंसिर १४, २०८२ काठमाडौँ  । गीता जयन्तीको पूर्व सन्ध्यामा गीता जयन्ती तथा सम्मान कार्यक्रम समारोह–२०८२ भव्य रुपमा सम्पन्न भएको छ । जीवनका लागि गीता ज्ञान अभियान नेपालको आयोजनामा शनिबार नेपाल प्रज्ञा–प्रतिष्ठानमा गीता जयन्ती तथा सम्मान कार्यक्रम समारोह–२०८२ सम्पन्न भएको हो ।

गीता जयन्तीका अवसरमा गीता ज्ञानको प्रवर्धनमा विभिन्न माध्यमबाट सहयोग गर्नुहुने व्यक्तित्वलाई सम्मान गरिएको छ । जीवनका लागि गीता ज्ञान अभियानद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा गीता ज्ञानको प्रचार, अध्ययन, अध्यापनमा सहयोग गर्नुहुने व्यक्तित्वलाई सम्मान गरिएको हो । समारोहमा गीता ज्ञानको पवित्र काममा सघाउनुहुने व्यक्तित्वलाई गीता ज्ञान पुस्तकलगायतका समाग्री प्रदान गरेर सम्मान गरिएको थियो । सो कार्यक्रममा आँचल बसेल, रेवतीबहादुर बस्नेत, श्यामकृष्ण खड्का, हुतराज बस्नेत, प्राडा नृसिंह खत्री, मधुकर खड्का, कमल केशर क्षेत्री, अभिषेक जोशी, योग गुरु विनोद प्रधान र ममता पाण्डे, प्रकाशसिंह कार्की, गरुडध्वज थापा, डा. गोविन्द बस्नेतलगायतलाई सम्मान गरिएको हो ।

 

 

केदार बस्नेतको सभापतित्वमा आयोजित कार्यक्रममा वैदिक अनुसन्धान गुठी संस्कार शिक्षा अभियन्ता डा. केएन स्वामीको प्रमुख अतिथ्यतामा निलकण्ठ बाबा, आचार्य देवेन्द्र घिमिरे, डा. गोविन्द टन्डन, प्रा.डा.विद्यानाथ कोईराला,
हिन्दु जागरण नेपालका अध्यक्ष रामकृष्ण उपाध्याय, विश्व हिन्दु महासंघका महासचिव रामचन्द्र तिवारी, संस्कृत विश्वविद्यालयका सह प्राध्यापक डाक्टर माधव लामिछाने, सह प्राध्यापक डाक्टर सह प्राध्यापक गोविन्द शरण उपाध्यायलगायत अन्य विशिष्ट व्यक्तित्वहरूको सहभागिता थियो ।

वैदिक अनुसन्धान गुठी संस्कार शिक्षा अभियन्ता डा. स्वामीले श्रीमद्भागवत गीताको ज्ञान हरेक युगका लागि सान्दर्भिक भएको बताउनुभयो । त्यस्तै आचार्य घिमिरेले कोठाभित्र ११ जना बसेर श्रीमद्भागवत गीता पाठ गर्दै सुरु भएको गीता ज्ञानको अभियानले हाल गीता ज्ञान पाठशाला स्थापना गर्ने यात्रासम्म आइपुगेको बताउनुभयो । डा. गोविन्दशरण उपाध्यायले पछिल्लो समय गीता ज्ञानप्रति चासो बढिरहेको र मन, वचन, कर्मले असल बन्न प्रेरित गर्ने श्रीमद्भागवत गीताको अध्ययनले हरेक उमेर समूहका व्यक्तिलाई सरल तरिकाले जीवन र जगतबारे बुझाउन सफल हुने बताउनुभयो । सो कार्यक्रममा डा. टन्डनले गीता ज्ञानको प्रवर्धनको सुरुवात गर्नुहुने स्वामी चिन्मयानन्दको प्रेरणाले नेपाली भाषामा श्रीमद्भागवत गीता अनुवाद गरिएको प्रसङ्गबारे चर्चा गर्नुभएको थियो । उक्त कार्यक्रममा डा. हरिचन्द्र कमलीले रचना गर्नुभएको ‘रैछ गीता ज्ञान, सधैँ अमृत समान’ र खैँजडी भजनको म्युजिक भिडियोको लोकार्पण पनि गरिएको थियो ।

यस कार्यक्रमलाई भव्य रुपमा सफल पार्नको लागि प्रमिला बस्नेत क्यानडा, गोकुल थापा काठमाडौँ र राकेश अग्रवाल थाइल्याण्डले महत्त्वपूर्ण सहयोग गर्नुभएको हो ।

जीवनका लागि गीता ज्ञान अभियान नेपालका परिकल्पनाकार हरिचन्द्र कमली र राष्ट्रिय संयोजक सुरेन्द्र ओझाको पनि योगदानको कदर गर्दै यस अभियानका राष्ट्रिय सहसंयोजक सुदीप पौडेलले धन्यवाद ज्ञापन गर्नुभएको थियो । त्यसैगरी अभियानका सक्रिय सदस्यहरू गोकुल थापा, सिर्जना मैनाली, नरहरी प्रेमी, सानु भाइ खड्का, ,अभियानका मिडिया संयोजक जनक महरा, भवानी थापा खत्री, राजकुमार भण्डारी, संगीता थापा, रुपेश थापा, पुरुषोत्तम अधिकारी, डम्बर लुइटेल, सीता कमली, विष्णु पनेरु, डा.  सुदन डोटेललगायतको सक्रियताले गिता ज्ञानको प्रचार प्रसार गरी समाज रपान्तरणका लागि ठूलो मद्दत पुगेको पौडेलले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय