गीता जयन्ती महोत्सव–२०८२ को अवसरमा पाँच दिवसीय निःशुल्क संयुक्त योग अभ्यास सम्पन्न भएको छ । जीवनका लागि गीता ज्ञान अभियान नेपालको आयोजना र महिला पतञ्जलि योग समिति, पतञ्जलि योग समिति, काठमाडौँ तथा रारा समाज योग साधना केन्द्र, सुकेधारा काठमाडौँको सहकार्यमा मंसिर ८ गते सोमबार देखि मंसिर १२ गते शुक्रबारसम्म योग अभ्यास सञ्चालन भएको हो । रारा समाज योग साधना केन्द सुकेधारा काठमाडौँमा विहान ५ बजे देखि विहान ७ बजे सम्म सञ्चालन भएको योग अभ्यास सफलताकासाथ सम्पन्न भएको गीता ज्ञान अभियान नेपालका राष्ट्रिय सह संयोजक सुदिप पौडेलले बताउनुभयो ।


पाँच दिवसीय निःशुल्क संयुक्त योग अभ्यास कार्यक्रमलाई आचार्य दवेन्द्र घिमिरेले योग प्रशिक्षण गर्नुभएको थियो । उक्त योग अभ्यासमा पतञ्जलि योग समितिका गुरु तथा साधकहरु, जीवनका लागि गीता ज्ञान अभियान नेपालका अभियान्ताहरु र सर्वसधारणको उल्लेख्य सहभागिता थियो ।



योग अभ्यास कार्यक्रममा गीता ज्ञान अभियान नेपालका राष्ट्रिय सहसंयोजक सुदीप पौडेल, वरिष्ठ सल्लाहकार डाक्टर गोविन्दशरण उपाध्याय, अभियान्ता सदस्य गोकुल थापा, भवानी थापा, सानु भाइ खड्का, जनक महरा र सिर्जना मैनालीको सहभागिता रहेको थियो । त्यसैगरी कार्यक्रम सफल पार्न पतञ्जलि योग समिति नेपालसँग आबद्ध योग अभियान्ता विनोद कुमार प्रधान, महिला जिल्ला प्रभारी ममता पाण्डे, काठमाडौँ महानगरका महिला प्रभारी रेणु दुलाल, संगठन मैत्री केदार खड्का, काठमाडौँ जिल्ला कोषाध्यक्ष सिबी मल्ल , रारा समाज योग केन्द्रका प्रभारी भारती सापकोटा, बुढानीलकण्ठ नगर संयोजक शान्ता दाहाल तथा उहाँहरूको सम्पूर्ण टिम, तारकेश्वर नगरका संयोजक कल्पना शाह मल्ल, रारा संयुक्त उपभोक्ता समाजका अध्यक्ष गोपाल गेलाल, संस्थापक अध्यक्ष गोकर्ण सापकोटा ,पूर्व अध्यक्षहरू श्रीप्रसाद सापकोटा, रामहरी अधिकारी, दिनेश कार्की लगायत सम्पूर्ण टिमको पनि सहयोग एवं सहभागिता रहेको थियो ।
उक्त कार्यक्रममा योग, गिता ज्ञानको महत्व, दैनिक अग्नि होम र लाइन्स क्लवद्वारा निशुल्क स्वास्थ्य परिक्षण गरी सहभागीहरु लाभान्वित भएका छन् ।





