आगामी फेब्रुअरी–मार्चमा भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्ने आईसीसी टी–२० विश्वकप क्रिकेटका लागि समूह तथा खेलतालिका सार्वजनिक भएको छ। भारतको मुम्बईमा मंगलबार आयोजित कार्यक्रममार्फत प्रतियोगिताको समूह विभाजन र पूर्ण खेलतालिका सार्वजनिक गरिएको हो।
नेपालले प्रतियोगिताको पहिलो खेल इंग्ल्यान्डविरुद्ध फेब्रुअरी ८ मा वान्खडे स्टेडियम, मुम्बईमा खेल्दैछ। यो नै नेपाल र इंग्ल्यान्डबीचको पहिलो अन्तर्राष्ट्रिय भिडन्त हुनेछ।

नेपालको बाँकी खेलतालिका यसप्रकार छः
-
फेब्रुअरी १२ — इटाली विरुद्ध (मुम्बई)
-
फेब्रुअरी १५ — वेस्ट इन्डिज विरुद्ध (मुम्बई)
-
फेब्रुअरी १७ — बंगलादेश विरुद्ध (मुम्बई)
गत संस्करणमा नेपाल दक्षिण अफ्रिकासँग एउटै समूहमा परेको थियो, जहाँ नेपाल १ रनले मात्र पराजय बेहोरेको थियो।
यसपटक अन्य समूहहरू यसरी बनेका छन्—
-
समूह A: भारत, पाकिस्तान, नेदरल्यान्ड्स, नामिबिया, अमेरिका
-
समूह B: अस्ट्रेलिया, श्रीलंका, जिम्बाबे, आयरल्यान्ड, ओमान
-
समूह D: दक्षिण अफ्रिका, न्युजिल्यान्ड, अफगानिस्तान, यूएई, क्यानडा
विश्वकप फेब्रुअरी ७ देखि मार्च ८ सम्म सञ्चालन हुनेछ।



