८ मंसिर, काठमाडौं ।  गीता जयन्ती महोत्सव–२०८२ को अवसरमा पाँच दिवसीय निःशुल्क संयुक्त योग अभ्यास सुरुवात भएको छ । जीवनका लागि गीता ज्ञान अभियान नेपालको आयोजना र महिला पतञ्जलि योग समिति, पतञ्जलि योग समिति, काठमाडौँ जिल्ला तथा रारा समाज योग साधना केन्द्र, सुकेधारा काठमाडौँको सहकार्यमा सोमबार देखि पाँच दिवसीय योग अभ्यास सञ्चालन भएको छ । विहान ५ बजे देखि ७ बजे सम्म सञ्चालन हुने योग अभ्यास रारा समाज योग साधना केन्द सुकेधारामा पाँच दिन सम्म हुने जीवनका लागि गीता ज्ञान अभियान नेपालका राष्ट्रिय सह संयोजक सुदिप पौडेलले जानकारी दिनुभयो ।

पाँच दिवसीय निःशुल्क संयुक्त योग अभ्यास कार्यक्रमलाई आचार्य दवेन्द्र घिमिरेले योग प्रशिक्षण गर्नुभएको छ । उक्त योग अभ्यासमा पतञ्जलि योग समितिका साधकहरु र जीवनका लागि गीता ज्ञान अभियान नेपालका अभियान्ताहरुको सहभागिता रहेको छ ।

योग अभ्यासले निरोगी, मनको शान्ति, आत्मनियन्त्रण, चित्त शुद्धिकरण र अध्यात्मिकतामा ध्यान दिँदै मानव शक्ति अनि चित्तको सकारात्मक विकेन्द्रिकरणमा महत्व दिने आचार्य गुरु देवेन्द्र घिमिरेले बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय