काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको उद्घाटन खेलमा काठमाडौं गोर्खाजले बलियो प्रदर्शन गर्दै जनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गरेको छ।

टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा १३१ रनको लक्ष्य पेश गरेको थियो। उक्त लक्ष्य काठमाडौंले १८ ओभरमै पाँच विकेटको क्षतिमा सहजै भेट्टायो।

काठमाडौंको जितमा बेन चार्ल्सवर्थ ४६ रनसहित शीर्ष स्कोरर बने। त्यस्तै आकाश त्रिपाठीले महत्वपूर्ण ३९ रन जोडे भने मिलिन्ड कुमारले १९ तथा जोन सिम्पसनले १३ रनको योगदान गरे। यी चारै खेलाडीको संयमित ब्याटिङले टोलीलाई सहज विजतर्फ डोर्यायो।

बलिङतर्फ जनकपुरका किशोर महतो, अनिल साह, ललित राजवंशी, निकोल लफ्टी इटनसञ्जय कृष्णमूर्तिले समान एक–एक विकेट लिए पनि काठमाडौंको रन गति रोक्न सकेनन्।

एनपीएलको दोस्रो संस्करणको पहिलो खेलमै काठमाडौंले प्रभावशाली प्रदर्शन गर्दै प्रतियोगितामा सशक्त सुरुवात गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय