काठमाडौं, जीवनका लागि गीता ज्ञान अभियान,नेपालको आयोजनामा सञ्चालित गीतामयी अन्तर्राष्ट्रिय अनलाइन वक्तृत्वकला प्रतियोगिताको फाइनल आज असार २७ गते बेलुका ७ बजे हुने भएको छ ।
असार १९ गते देखि असार २१ गते सम्म पहिलो चरणको छनौट कार्यक्रम सम्पन्न गरेर आज बेलुका जुम मार्फत प्रतियोगिताको फाइनल कार्यक्रम संचालन गर्ने आयोजकले बताउनुभयो । प्रतियोगिताको अन्तिम चरणको लागिे ‘उत्कृष्ट जीवनको लागि गीताको मार्गदर्शन’ भन्ने विषय रहेको छ ।

गीता फर लाइफका राष्ट्रिय संयोजक योगाचार्य सुरेन्द्र ओझाको अध्यक्षतामा सञ्चालन यस प्रतियोगिताको निर्णायक मण्डलमा विद्वान व्यक्तित्व आचार्य देवेन्द्र घिमिरे गीता फर लाइफका अन्तर्राष्ट्रिय संयोजक विद्वान व्यक्तित्व डाक्टर दीर्घराज जोशी र विद्वान व्यक्तित्व डा. लक्ष्मी गौतम रहनुभएको छ । प्रतियोगिताको फाइनल कार्यक्रममा विशिष्ठ व्यक्तित्वहरुको उपस्थिति रहनेछ ।
कार्यक्रममा सहभागिताका लागि जुमको ID: 85627971924 र Password: 684409 रहेको छ ।
नेपाली भाषामा हुने गीतामयी अन्तर्राष्ट्रिय अनलाइन वक्तृत्वकलामा आयोजकले आकर्षक पुरस्कारहरुको पनि व्यवस्था गरेको छ । प्रतियोगितामा प्रथम पुरुस्कार नेपाली रु २० हजार, द्वितीय पुरस्कार नेपाली रु १५ हजार, तृतीय पुरस्कार नेपाली १० हजार र सान्त्वना पुरस्कार नेपाली रु ५ हजारको प्रबन्ध गरिएको आयोजकले घोषणा गर्नुभएको छ ।

गीतामयी अन्तर्राष्ट्रिय अनलाइन वक्तृत्वकलाको फाइनलमा छनौट प्रतियोगीहरुको नामावलीः
१.आँचल बसेल, कक्षा ७, वाग् गुरुकुलम् गौरीघाट काठमाडौँ ।
२ .आयुषा सापकोटा, कक्षा १२, काठमाडौँ मोडेल कलेज ।
३. विनय श्री सापकोटा, कक्षा ९, महेश सन्यास गुरुकुलम् देवघाट तनहुँ ।
४. भावना जोशी, कक्षा ९, श्री महेन्द्रनगर मावि कञ्चनपुर ।
५. सुष्मा ढकाल, कक्षा ९, श्री गार्गी कन्या गुरुकुलम् देवघाट चितवन ।
६. हरि कण्डेल, शास्त्री परमानन्द संस्कृत विद्यापीठ देवघाट तनहुँ।
७. हिमानी ओझा, कक्षा ९, नन्दिनास एकेडेमी कैलाली ।
८. रिया जोशी, कक्षा ६, ग्लोबल एकेडेमी सेकेन्डरी स्कुल कञ्चनपुर ।
९. पर्शुराम भट्टराई, शास्त्री प्रथम वर्ष, सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय काशी ।
१०. कर्मशिखा जोशी, कक्षा ६, श्रीमोहना मन्टेस्वरी एकेडेमी मावि कैलाली ।
११. दिना घिमिरे, कक्षा १०, तुलसी मेहर मेमोरियल सेकेन्डरी इङ्लिस स्कुल धनकुटा ।
१२. श्रीजी महर्जन, कक्षा ६, भक्ति वेदान्त पाठशाला बुढा निलकण्ठ काठमाडौँ ।
१३ .गौरव अधिकारी, कक्षा १०, श्री केदारेश्वर वैदिक गुरुकुलम् पोखरा ।



