अबदेखि अमेरिकी विमानस्थलहरूमा सुरक्षा जाँचका क्रममा यात्रुहरूले जुत्ता फुकाल्नु नपर्ने भएकोछ । यातायात सुरक्षा प्रशासनले २० वर्षपछि यो नियम हटाएको हो । होमल्याण्ड सेक्युरिटी नोएमका अनुसार नयाँ प्रविधिले सुरक्षा प्रक्रिया सरल बनाएको छ। यात्रुहरूले अझै बेल्ट, कोट, ल्यापटप र तरल पदार्थ झोलाबाट निकाल्नुपर्नेछ । २००१ मा जुत्तामा बम लुकाएको घटनापछि यो नियम लागू गरिएको थियो भने, अहिले हटाएको छ




