इन्दिरा निरौला
आज ७३ औँ कानुन दिवस हो,
तर भुइँमान्छे अझै चौकीको चौर,अदालतको आगनमा कुदिरहेको छ,
उसको फाइल धुलोमा गुम्सिएको छ,
र न्यायको तराजु कहिल्यै उसतर्फ ढलेको छैन।

भगवानपछि भरोसा गरिएको त्यो न्यायलय
कहिलेकाहीँ कसैको टेबलमा मोल तोकिने तराजुजस्तो लाग्छ,
जहाँ सुनको बाकसले सिद्धान्तलाई हराउँदै लैजान्छ।
अदालतका भित्ताहरू चुपचाप छन्
जसरी भिष्म साक्षी बनेर द्रौपति बस्रहरण हेरिरहेका थिए।
कानुन किताबमा सबैका लागि बराबर छ।
तर जिन्दगीको पानामा,
कसैका लागि प्रहरी तुरुन्त पुग्छ,
कसैका लागि मुद्दा दसकौं झुन्डिन्छ।
म यही कामना गर्छु
न्यायलय फेरि विश्वासको ठेगाना बनोस्,
कानुन धन होइन, सत्यको दास बनोस्।
मुठाधिसहरु कलमले होइन, अन्तरात्माको आवाजले फैसला गरून्।
न्याय फेरि सुगन्ध बनोस्।
भुइँमान्छे, पिडितहरुको घाउमा मलम बनोस्।
७३ औं कानुन दिवसको
सच्चा कानुनप्रिय, न्यायप्रेमी सम्पूर्ण नागरिकहरूमा
हार्दिक शुभकामना।
इन्दिरा निरौला



