काठमाडौँ, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी बजेटले आर्थिक क्षेत्रलाई थप चलायमान बनाउने विश्वास व्यक्त गरेका छन् ।
सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले आगामी बजेटले निजी क्षेत्रले उठाएका सवाललाई सम्बोधन गर्ने बताए । उनले व्यापारीले व्यापार र उद्योगपतिले उद्योग सञ्चालन गर्नुपर्ने भन्दै सरकारले व्यापार गर्ने नभएको जिकिर गरे ।

सरकारले व्यापार उद्योग गर्ने होइन, निजी संस्थान हुनुपर्छ भन्ने मान्यता नेपाली कांग्रेसको रहेको सभापति देउवाको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय