काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाल सदैव आतंकवादको विपक्षमा रहेको र जुनसुकै प्रकार र प्रकृतिको आतंकवादको कडा शब्दमा निन्दा गर्ने बताएकी छन् ।

भारतको काश्मीरको पहलगाममा भएको आतंककारी हमलामा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न नेपालस्थित भारतीय दूतावासद्वारा आज दूतावासमा आयोजित सभामा उहाँले नेपाल सधैँ आतंकवादको विरुद्धमा र शान्तिको पक्षमा रहेको स्पष्ट पारेकी हुन्।

मन्त्री डा रााणाले पहलगाम त्रासदीको सिकार भएका नेपाली युवा सुदीप न्यौपानेको शव र अन्य प्रभावितहरूलाई नेपाल ल्याउन सहयोग गरेकामा भारत सरकारलाई धन्यवाद पनि दिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय