अछामको साँफेबगर हाटबजारमा भीषण आगलागी भएको छ । शनिवार बिहान करिब ३ः३० बजे साँफेबगर नगरपालिका–३ स्थित हाटबजारबाट विद्युत् सर्ट भएर सुरु भएको आयो करिब ६ः०५ बजे नियन्त्रणमा आएको थियो ।
प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वरी प्रसाद भण्डारीका अनुसार आगलागीमा १० वटा पसल पूर्ण रूपमा जलेर नष्ट भएका छन्। विद्युत् सर्ट भएर सल्किएको आगो होटेलबाट सुरु भई छेउका किराना, कपडा, मोबाइल, फलफूल लगायतका पसलहरूलाई पूर्ण रूपमा खरानी बनाएको छ ।




